उपचार नपाएर गाउँमै छटपटाउँदै घाइते

उपचार नपाएर गाउँमै छटपटाउँदै घाइते
उपचार नपाएर घरमै छटपटाइरहेका चुमनुब्री- ६ का ङुइटुप लामा । तस्बिर : गोपाल लामा
सुन्नुहोस्

गोरखा :  हिमाली भेगका एक घाइते दुई दिनदेखि उपचार नपाएर गाउँमै छटपटाइरहेका छन् । बाटोमा हिँडिरहेका बेला भीरबाट झरेको ढुंगा लागेर घाइते भएका चुमनुब्री गाउँपालिका ६ चुम्चेतका ङुइटुप लामा उपचार अभावमा गाउँमै पीडा भोग्न बाध्य भएका हुन् ।

‘छेकम्पार जान लाग्दा रेन्जोम भन्ने ठाउँमा अस्ति बेलुका भीरबाट झरेको ढुंगा लागेर खुट्टा भाँचिएको रहेछ’,घाइतेका आफन्त गोपाल लामाले भने,‘देब्रेखुट्टा कच्याकुचुक भएको छ । हिँजो दिनभर गाउँलेहरूले पाँचघण्टा बोकेर घरमा ल्याए । गाउँकै हेल्थपोस्टमा पट्टी बाँधेर राखेको छ । अब ठूलो अस्पताल लैजाने कसरी ? हेलिकोप्टरमा लैजान तीन लाख बढी धेरै भन्छ । त्यही पनि भनेको बेलामा पाइँदैन ।’

गाउँमा चाहिएको बेला फोन पनि नचल्ने उनको गुनासो छ । ‘यस्तो दु:खको बेला गाउँमा फोन पनि चल्दैन,नेट पनि राम्रो छैन’,उनले भने,‘काठमाडौंतिर आफन्तहरूलाई,सांसदहरूलाई यसो हारगुहार गरौँ भने पनि गाह्रो छ हामीलाई ।’ 

चुमनुब्री गाउँपालिका- ३ सम्म मात्र मोटरबाटो पुगेको छ । तर,बर्खाका बेला त्यहाँसम्म गाडी चल्दैन । उत्तरी गोरखा जाने सडकको सोतीसम्म मात्र सवारी साधन चल्छ । ‘यहाँबाट बोकेर सोतीसम्म पुग्न तीन दिन लाग्छ’, गोपालले भने,‘बर्खाको बेला छ । घाइतेलाई डोकोमा बोकेर सोती पुर्‍याउन सकिँदैन । सांसद राजेन्द्र बजगाईँलाई हेलिकोप्टरको व्यवस्था गरिदिन अनुरोध गरेको छु । हेलिकोप्टर पाइयो भने उपचार होला ।’ नत्र घाइते घरमै छटपटाएर बस्नुको विकल्प छैन।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.