इटाली टी–२० विश्वकपको नजिक, स्कटल्याण्डमाथि चकित पार्ने जित

इटाली टी–२० विश्वकपको नजिक, स्कटल्याण्डमाथि चकित पार्ने जित
सुन्नुहोस्

काठमाडौं : नेदरल्याण्ड्समा भइरहेको युरोप क्षेत्रीय फाइनल प्रतियोगितामा स्कटल्याण्डलाई १२ रनले हराउँदै इटालीले पहिलोपटक टी–२० विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। यो जितसँगै पाँच टोली सम्मिलित समूहको शीर्ष स्थानमा इटाली उक्लिएको हो। 

तीन खेलपछि जर्सी दोस्रो र स्कटल्याण्ड तेस्रो स्थानमा छन् भने आयोजक नेदरल्याण्ड्स चौथो स्थानमा रहँदै एक खेल कम खेलेको अवस्थामा छ।

भूर्बर्गमा टस जितेर पहिले ब्याटिङ रोजेको इटालीले निर्धारित २० ओभरमा १६७–६ रन बनायो। जवाफमा स्कटल्याण्डका लागि जर्ज मन्सीले ७२ रनको उत्कृष्ट इनिङ खेले पनि ह्यारी मानेन्तीले ५ विकेट लिएपछि स्कटल्याण्ड १५५ रनमै सीमित रह्यो।

विश्व वरीयतामा ३२औं स्थानमा रहेको इटालीले सन् २०१९ मा पहिलोपटक टी–२० विश्वकप छनोटमा भाग लिएको थियो। त्यसयता लगातार तीन पटक तेस्रो स्थानमै सीमित भएको थियो।

अब इटालीले शुक्रबार अन्तिम खेलमा १५औं स्थानको नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.