ऋषभ पन्तले तोडे भिभ रिचर्ड्सको रेकर्ड, रचे इतिहास
काठमाडौं : भारत र इङ्ल्यान्डबीच जारी ५ टेस्ट शृङ्खलाको तेस्रो खेल ऐतिहासिक लर्ड्स मैदानमा जारी छ। खेलमा भारतीय ब्याट्सम्यानहरूको आक्रामक रूप देखियो।
ऋषभ पन्तले टेस्ट क्रिकेटमा पनि छक्का प्रहार गर्ने मास्टर भनेर फेरि आफूलाई प्रमाणित गरे। पन्तले इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेटमा अहिलेसम्म सबैभन्दा धेरै छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन्।
ऋषभ पन्तले रचे इतिहास
रिचर्ड्सले इङ्ग्ल्याण्डविरुद्ध ३४ छक्का प्रहार गरेका थिए। पन्तको उपलब्धि उनको आक्रामक र निडर ब्याटिङ शैलीको परिणाम भन्न सकिन्छ। यसले टेस्ट क्रिकेटमा पनि नयाँ सोचको झलक दिएको छ।
प्रतिक्रिया दिनुहोस !