भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट रोमाञ्चक मोडमा
काठमाडौं : लर्ड्सको ऐतिहासिक मैदानमा भइरहेको भारत र इङ्ग्ल्याण्डबीचको तेस्रो टेस्ट खेल निकै रोमाञ्चक मोडमा पुगेको छ।
यसको पछाडिको कारण वाशिंगटन सुन्दर हुन्। उनले इङ्गल्याण्डको दोस्रो इनिङमा चार ब्याट्सम्यानलाई आउट गरे। दुवै टोलीले आफ्नो पहिलो इनिङमा बराबर ३८७ रन बनाए।
तेस्रो दिनको अन्तिम ६ मिनेटमा उच्च भोल्टेज नाटक देखियो। चौथो दिन पनि उस्तै तरिकाले सुरु भयो।
बल पुरानो हुँदै जाँदा सिराजको बलिङ तिखो हुँदै गयो। यसपछि कुनै विकेट नलिए पनि उनले इङ्गल्याण्डका ब्याट्सम्यानले बनाएका रनलाई सीमित गरे। अन्य भारतीय बलरले यसको फाइदा उठाए। सिराजले यस शृङ्खलामा सबैभन्दा बढी १३ विकेट लिएका छन्। इङ्ग्ल्याण्डका पूर्व कप्तान केभिन पिटरसनले सिराजको बलिङको प्रशंसा गरे।
अब लर्ड्समा पाँचौं दिनको खेल कुनै ब्लकबस्टर फिल्मभन्दा कम हुनेछैन। खेलको पाँचौं दिन भारतीय टोलीले जित्न बाँकी १३५ रन बनाउनुपर्नेछ। इङ्ल्यान्डले जित्नका लागि ६ विकेट लिनुपर्नेछ।
खेलमा इङ्ल्यान्डले भारतीय टोलीलाई जित्नका लागि १९३ रनको लक्ष्य दिएको थियो। भारतले चौथो दिन खेल समाप्त हुँदासम्म ४ विकेट गुमाएर ५८ रन बनाएको छ। केएल राहुल ३३ रनमा अविजित छन्।
भारतीय टोलीले पहिलो घण्टामा विकेट गुमाएन भने जितको बाटो सजिलो हुनेछ। अर्कोतर्फ इङ्ग्ल्याण्डले दुई–तीन विकेट लियो भने आयोजक टोलीको काम सजिलो हुनेछ।
प्रतिक्रिया दिनुहोस !