ओलम्पिकमा क्रिकेटको पुनरागमन, कति टिमले सहभागिता जनाउनेछन् ?

ओलम्पिकमा क्रिकेटको पुनरागमन, कति टिमले सहभागिता जनाउनेछन् ?
सुन्नुहोस्

काठमाडौं : विश्वको सबैभन्दा ठुलो खेलकुदमा मेला ओलम्पिकमा क्रिकेटको पुनरागमन भएको छ। सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटको  पुनरागमन भएको हो। 

२०२८ जुलाई १२ देखि जुलाई २९ सम्म सञ्चालन हुने क्रिकेटको पुरुष तथा महिला टी–२० प्रतियोगिता हुनेछन्। महिला क्रिकेटको पदक प्रतिस्पर्धा जुलाई २० मा र पुरुष क्रिकेटको पदक प्रतिस्पर्धा जुलाई २९ मा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ। १२८ वर्षपछि ओलम्पिकमा क्रिकेट फर्किएको हो।

यसअघि क्रिकेट सन् १९०० मा फ्रान्सको पेरिसमा आयोजित ओलम्पिकमा क्रिकेट पनि प्रतियोगिता भएको थियो। यसमा बेलायतले फ्रान्सलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो।

ओलम्पिक क्रिकेटमा पुरुष र महिला दुवैमा ६–६ टोली सहभागिता जनाउनेछन्। प्रत्येक प्रतियोगिताका लागि ९० जना खेलाडीको कोटा तय गरिएको छ। जसअनुसार हरेक टोलीमा १५ खेलाडी रहन सक्नेछ।

सबै खेल लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब ५० किलोमिटर टाढा अवस्थित पोमोना फेयरप्लेक्समा खेलिनेछन्।​​​​​​ अधिकांश खेल दिनमा डबल–हेडर हुने आईसीसीले जनाएको छ। यसमा बिहान ९:०० बजे र साँझ ६:३० बजे खेल सुरु हुने तालिका रहेको छ।

क्रिकेटको ओलम्पिकमा पुनः आगमनले विश्वव्यापी विस्तारमा थप टेवा पुर्‍याउने विश्वास गरिएको छ। यसले क्रिकेटलाई विश्वको सबैभन्दा ठुलो खेलमञ्चमा पुनः स्थापित गर्ने अवसर दिनेछ।

सन् २०२८ ओलम्पिकका लागि टिम छनोट प्रक्रिया भने अझै पुष्टि गरिएको छैन। यसबारे आईसीसीले आगामी वार्षिक सम्मेलनमा निर्णय गर्ने सम्भावना छ। सम्मेलन जुलाई १७ देखि सिंगापुरमा हुँदैछ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.