आईसीसी टेस्ट वरीयता : जो रुट एक नम्बर ब्याट्सम्यान, शुभमन गिल झरे तीन स्थान तल
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टेस्ट वरीयतामा इङ्ल्यान्डका स्टार ब्याट्सम्यान जो रुट फेरि नम्बर एक ब्याट्सम्यान बनेका छन्।
रुटले आफ्ना देशका ह्यारी ब्रुकलाई उछिनेर नम्बर एक स्थान ओगटेका हुन्। ह्यारी ब्रुक गत हप्ता मात्र नम्बर एक टेस्ट ब्याट्सम्यान बनेका थिए। तर जुलाई १६ मा जारी गरिएको टेस्ट ब्याट्सम्यानको पछिल्लो वरीयतामा उनी पहिलो स्थानबाट तेस्रो स्थानमा झरेका छन्।
न्युजिल्याण्डका केन विलियमसन ब्याट्सम्यानको टेस्ट वरीयतामा दोस्रो स्थानमा छन्।
शीर्ष १० मा तीन भारतीय ब्याट्सम्यान परेका छन्। भारतीय कप्तान शुभमन गिल वरियतामा तीन स्थान तल झरेका छन्। यशस्वी जयसवाल पाँचौं स्थानमा छन्। ऋषभ पन्त आठौं स्थानमा छन् र कप्तान शुभमन गिल नवौं स्थानमा छन्।
जसप्रीत बुमराह बलरको टेस्ट वरीयताको शीर्ष स्थानमा छन्। उनी बाहेक अन्य कुनै पनि बलरले शीर्ष १० मा स्थान पाउन सकेका छैनन्। रवीन्द्र जडेजा बलरको टेस्ट वरीयताको १५ औँ स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस !