नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली
सुन्नुहोस्

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छन्। उद्दी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत गरेका थिए। 

पदबहाली गरेपछि उनले संघ, प्रदेश र स्थानीय तहमा हुने संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न संघीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गरिन्। 

नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका संगठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.