विश्वकप छनोटका लागि नेपाली टोली क्लोज क्याम्पमा

विश्वकप छनोटका लागि नेपाली टोली क्लोज क्याम्पमा
सुन्नुहोस्

काठमाडौं : आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण (क्लोज क्याम्प) सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि सुरु गरेको क्लोज क्याम्पमा ३२ खेलाडी सहभागी रहेका छन्। 

क्लोज क्याम्पमा मोहमद आदिल आलम (आदिल अन्सारी) पनि छन्। स्पट फिक्सिङको आरोपमा  प्रतिबन्धमा परेका आदिलको क्यानले प्रतिबन्ध फुकुवा गरेपछि पहिलो पटक क्लोज क्याम्पमा आएका हुन्। 

बन्द प्रशिक्षणमा आदिलसहित कप्तान रोहित पौडेल, कुशल भुर्तेल, अनिल साह, आसिफ शेख, भीम सार्की, गुल्शन झा, रुपेश सिंह, बसीर अहमद, शहाब आलम, युवराज खत्री, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, ऋजन ढकाल, प्रतिश जिसी, ललित राजवंशी, कमलसिंह ऐरी छन्। 

यस्तै सागर ढकाल, किरण ठगुन्ना, सन्दीप लामिछाने, आकाश चन्द, विवेक यादव, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, सुभ कंसाकार, अर्जुन घर्ती र लोकेश बम छन्।

null

आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। नेपालले समूह ‘बी’मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। 

१० दिनसम्म चल्ने छनोट प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि स्थान बनाउनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.