साउन महिनामा सुदूरपश्चिमका मन्दिरहरूमा किन अखण्ड दियो बालिन्छ ?
डडेल्धुरा : डडेल्धुरालगायत सुदुरपश्चिमका मन्दिरहरूमा अखण्ड दियो बाल्न सुरू गरिएको छ । यहाँ साउने संक्रन्तिदेखि यो महिनाभरि मन्दिरमा हिन्दुधर्मालम्बीहरूले पुजाआजासहित अखण्ड दियो बाल्ने गर्छन्। साउन महिनाभर सुदूरपश्चिम प्रदेशका विभिन्न देवीदेवताका मन्दिरहरूमा दियोमा शुद्ध ध्यू र तीलको तेल राखेर कपास तथा धागोको बत्ति बाल्ने गरिन्छ ।
साउनको महिना अँध्यारो महिना भएकाले मन्दिरहरूमा अखण्ड बत्ती बालेर देवीदेवताको पुजाआजा गर्नाले मनोकामना पूरा हुनका साथै श्रद्धाभाव तथा फलदायी हुने कोला समैजी मन्दिरका मुख्य पुजारी देवि भट्टले बताए ।
साउन महिनालाई धार्मिक महिनाका रुपमा लिइने गरिन्छ। माछामासु समेत सेवन नगरी शुद्ध मनले पुजाआजा गरिन्छ । डडेल्धुराको उग्रतारा,कोला समैजजी, शहस्त्रलिगं, घटालथान, भागेश्वर ,गन्यापधुरा, परशुरामधाम, डागेश्वरी, वैतडी त्रिपुरा सुन्दरी ,निङलाशैनी, त्रिपुरासुन्दरी, डाटीको शैलेश्वरी, बाजुराको बढिमालिकालगायतका मन्दिरमा बत्ती बाल्नुका साथै पुजाआजा गर्ने गरिन्छ ।
सुदूरपश्चिममा शिवपार्वतीका प्रतिकका रुपमा रहेका सबैमन्दिरहरमा बत्ती बाल्ने चलन रहि आएको छ। साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका सातवटै पहाडि र दुई तराईका जिल्लामा विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गरिन्छ ।
साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको ज्योतिष पंडित लोकराज भट्टले बताए । साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्,'उनले भने,'हरिशयनी एकादशीदेखि साउनको मसान्तसम्म भगवान बैकुण्ठमा बास गर्ने धार्मिक ग्रन्थमा उल्लेख छ।'
देवीदेवता शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनुका साथै कुनै पनि बैभाव नरहने नलाग्ने जनविश्वास रहिआएको छ । बिहीबार भक्तजनले बिहानै उठेर नुवाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले जानि नजानी गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास छ।
असार महिनाभर हिलोमा पसेर खेतीपाति गर्नुपर्दा शरीर चिलाउने,खटिरा,लुतो आदि आउन सक्ने भएकाले शरीरलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने परम्परा पनि छ। गाउँघरमा यसदिन साँझ अगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याक्ने प्रचलन पनि रहेको छ ।
साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य,दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत,उपासना र पूजाआराधना गर्ने प्रचलन छ।
प्रतिक्रिया दिनुहोस !