भारत र बंगलादेशबीचको राजनीतिक तनावले एसिया कप क्रिकेट संकटमा

भारत र बंगलादेशबीचको राजनीतिक तनावले एसिया कप क्रिकेट संकटमा
सुन्नुहोस्

काठमाडौं : एसिया कप क्रिकेट २०२५ आयोजना हुने वा नहुने भन्ने गहिरिँदै गएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र केही अन्य सदस्य बोर्डले एसियाली क्रिकेट परिषद् (एसीसी) को अर्को बैठक बंगलादेशको राजधानी ढाकामा आयोजना भयो भने त्यसमा भाग नलिने बताएका छन्। बैठक जुलाई २४ मा ढाकामा हुन लागेको छ।  

बीसीसीआईले ढाकामा हुने बैठकमा भाग नलिने स्पष्ट पारेको छ। एक वरिष्ठ स्रोतले इन्डिया टुडेलाई बताएअनुसार बीसीसीआईले आधिकारिक रूपमा एसीसी र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का वर्तमान अध्यक्ष मोहसिन नक्वीलाई यसबारे जानकारी गराएको छ।  

बीसीसीआईको निर्णयको पछाडिको कारण भारत र बंगलादेशबीचको वर्तमान राजनीतिक तनाव रहेको बताइएको छ। बीसीसीआई बाहेक श्रीलंका, अफगानिस्तान र ओमानका क्रिकेट बोर्डले पनि बैठक ढाकामा आयोजना भयो भने   भाग नलिने स्पष्ट पारेका छन्। एसीसीको नियम अनुसार प्रमुख सदस्य देशको अनुपस्थितिमा लिइएका निर्णय अवैध मानिनेछ।  

एसिया कप सेप्टेम्बर २०२५ मा आयोजना हुने तालिका छ। भारत यसको आयोजक देश हो। तर प्रतियोगिता युएई वा श्रीलंकामा आयोजना हुने सम्भावना थियो। तर, भारत–पाकिस्तान तनाव र हालको घटनाक्रमका कारण एसिया कप २०२५ को आयोजनामाथि ठुलो प्रश्न उठेको छ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.