विद्या भण्डारी र शेखर कोइरालाको गतिविधिबारे मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ

विद्या भण्डारी र शेखर कोइरालाको गतिविधिबारे मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्या भण्डारी र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग जोडिएर भएका राजनीतिक गतिविधिबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले भण्डारीसँग आइतबार भएको भेटका विषयमा पनि चर्चा गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भण्डारीसँग राम्रो छलफल भएको प्रधानमन्त्री ओलीले बताए। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन उकासेको र बढी प्रचारबाजी गरेको बताएका थिए।

'उहाँसँग निकै नै राम्रो छलफल भयो। उहाँलाई ज-जसले उकास्दै आएका छन्। आजदेखि त्यो पनि बन्द भएको छ। हामी दुवै जना आजदेखि 'क्लियर' भएका छौं,' बैठकमा प्रधानमन्त्री ओलीले भने। पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने कि नफर्किने विषयमा भने प्रधानमन्त्री ओलीले स्पष्टरुपमा नखुलाएको एक मन्त्रीको भनाइ छ।

null

त्यस्तै बैठकमा नेपाली कांग्रेस नेता शेखर कोइरालाको विषयले पनि मन्त्रिपरिषद् बैठकमा प्रवेश पाएको थियो। प्रधानमन्त्री ओलीले कोइरालाले संसदमा गणितीय अभ्यास गर्न खोजे आरोप लगाएका थिए। तर, कोइरालाको प्रयास सम्भव नहुने ओलीले मन्त्रीहरूलाई भनेका थिए। 'उहाँ (कोइराला)ले संसदको गणितीय अभ्यासमा चलखेल गर्न खोज्नुभएको थियो। त्यसका लाग राजनीतिक सक्रियता पनि देखाउनु भएकै हो। तर, अब त्यो सम्भव छैन,' प्रधानमन्त्री ओलीले भने।

कोइरालाले केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटवार्ता गरेका थिए। त्यसपछि भण्डारीसँग पनि उनले राजनीतिक विषयमा छलफल गरेका थिए। आइतबारमात्रै कोइरालाले आफू पक्षीय सांसदहरूसँग एक होटलमा छलफलमा जुटेका छन्। 

प्रधानमन्त्री ओलीले आइतबार भण्डारीसँग डेढ घन्टा 'वान टु वान' छलफल गरेका थिए। उनले यिनै विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतको भनाइ छ। एमाले नेतृ भण्डारीले पनि प्रधानमन्त्री ओलसँग देशको राजनीतिको विषयमा छलफल गरेको बताएकी थिइन्। 

भेटवार्तापछि सञ्चारकर्मीसँग भनिन्, 'अहिलेको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भयो। अरु विषय आधिकारिक च्यानलमार्फत सञ्चारमाध्यमलाई जानकारी हुन्छ।' भण्डारीले सदस्यता नवीकरण पहिल्यै भइसकेकाले त्यसमा कुनै विवाद नरहेको बताएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.