नेपाल-भारत गृह सचिवस्तरीय बैठक साउन ६ र ७ गते
काठमाडौं : नेपाल-भारत गृह सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा बस्ने तय भएको छ। आगामी साउन ६ र ७ गते गृह सचिवस्तरीय बैठक दिल्लीमा बस्न लागेको हो।
उक्त बैठकमा सहभागी हुन गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली त्यसतर्फ जानेछन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव दुवाडी नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृत प्रदान गरेको थियो।
बैठकमा उठाइने एजेन्डाका विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। ९ वर्षपछि हुन लागेको बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मर्मत, लागूपदार्थ, मानव तस्करीलगायत एजेन्डा प्रस्तुत गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !