विद्यासँगको भेटबारे अध्यक्ष ओलीले भने- खुलस्त ढंगले छलफल भयो, मतभेद छैन

विद्यासँगको भेटबारे अध्यक्ष ओलीले भने- खुलस्त ढंगले छलफल भयो, मतभेद छैन
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा कुनै मतभेद नभएको भन्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पाटी कार्यालय च्यासलमा सोमबारबाट सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक शक्ति बनाउने गरी मिसन ८४ को तयारी गर्नुपर्ने भएकाले एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले कुनै विषयबस्तु राख्नुपर्ने भए पार्टीको बैठकमा खुलस्त राख्नसमेत निर्देशन दिएका थिए। अध्यक्ष ओलीले अहिले एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेकाले यसका विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

त्यस्तै पार्टी फुटाउने वा विभाजन गर्ने तत्त्वहरूबाट पार्टीलाई जोगाउनका लागि सिंगो पंक्ति एकताबद्ध भएर लाग्नसमेत अध्यक्ष ओलीले अपील गरेको गौतमको भनाइ छ। प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा नै अध्यक्ष ओली र भण्डारीबीच पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको जिकिर गरे। सो क्रममा खुला र खुलस्त ढंगले छलफल भएको र पार्टी सदस्यताका विषयलाई केन्द्रीय कमिटीले निर्णय गरेर अन्तिम टुंगो लगाउने अध्यक्ष ओलीले बैठकमा जानकारी गराए। 

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, संगठनात्मक प्रस्तावको तयारी, विधान महाधिवेशनको व्यवस्थापकीय काम र समसामयिक विविध प्रस्तावहरूमाथि छलफल जारी रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

प्रस्तावित विधानका बारेमा सदस्यहरूलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको र बैठक मंगलबारसम्म चल्ने गौतमले जानकारी दिए। विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ। केन्द्रीय कमिटी बैठकबाट पारित भएपछि विधान संशोधनसम्बन्धी प्रस्तावलाई विधान महाधिवेशनमा प्रस्तुत गरिने एमालेले जनाएको छ। आगामी भदौ २० देखि २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.