जंगली जनावरले मकै नष्ट गर्न थालेपछि किसान चिन्तित
डडेल्धुरा : डडेल्धुराका किसानले लगाएको मकै जंगली जनावरले नष्ट गर्न थालेका छन्। मकै बँदेलले नष्ट गर्न थालेपछि किसान चिन्तित भएका हुन्।
वैशाखको अन्तिम तिर लगाएको मकैमा अहिले बाला लाग्ने समयमा जंगली जनावरले नष्ट गर्न थालेको किसानहरूले गुनासो गरेका छन्।
अमरगढी नगरपालिका–७ पोखराको भट्गाउँलगायतका स्थानमा बँदेलले मकैवारी नष्ट गर्न थालेको स्थानीय सरुदेवी भण्डारीले बताइन्।
जिल्लाको मुख्यवालीको रुपमा मानिने मकै पछिल्लो समयमा उत्पादन समेत घटेको छ। बर्खेबालीमध्ये मकै लगाउन सहज हुने भएता पनि जंगली जनावरका कारण किसानहरूले लगाउन नै छाडेका छन्।
प्रतिक्रिया दिनुहोस !