इङ्ल्यान्ड–भारत टेस्ट : भारतको खराब प्रदर्शन जारी, जसप्रीत बुमराह घाइते
कामठाडौं : म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा इङ्ल्यान्डविरुद्ध खेल भइरहेको चौथो टेस्ट भारतको लागि राम्रो भइरहेको छैन। इङ्ल्यान्डका ब्याट्सम्यानले भारतीय टोलीका बलरको अवस्था खराब बनाएका छन्।
टिम इन्डियाको ब्याटिङ पनि खासै राम्रो भएको छैन। यस्तो अवस्थामा टिमका मुख्य फास्ट बलर जसप्रीत बुमराह पनि घाइते भएका छन्। शुक्रबार तेस्रो दिनको खेल समाप्त भएपछि बलिङ प्रशिक्षक मोर्ने मोर्केलले बुमराहको चोटबारे जानकारी दिए।
भारतीय टोली पहिलो इनिङमा ३५८ रनमा अलआउट भएको थियो। चौथो दिनको अन्त्यसम्ममा इङ्ल्यान्डले सात विकेट गुमाउँदै ५४४ रन बनाएको छ। इङ्ल्यान्डले १८६ रनको अग्रता लिएको छ। टिम इन्डियाका बलरहरूले धेरै प्रभाव पार्न सकेका छैनन् र यो भारतका लागि चिन्ताको विषय हो।
बुमराह घाइते
यसैबीच, सामाजिक सञ्जालमा बुमराहको एउटा भिडियो भाइरल भइरहेको छ। यसमा उनी सिँढीमा लङ्गडिरहेको देखिन्छ। तेस्रो दिनको खेल सकिएपछि भारतीय टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले बुमराहको चोटबारे जानकारी दिए।
मोर्केलले भने,‘दुर्भाग्यवश, जब हामीले दोस्रो नयाँ बल लियौं सिँढीबाट ओर्लने क्रममा बुमराहको खुट्टा मर्कियो। फुटहोलका कारण सिराजको खुट्टामा पनि सामान्य चोट लागेको थियो। तर अब दुवै ठिक छन्।’
मोर्केलले बलहरुले धेरै राम्रो प्रदर्शन गरेको पनि बताए।
प्रतिक्रिया दिनुहोस !