तस्बिरमा हेर्नुहोस् बन्दै गरेको त्रिवि क्रिकेट मैदानको ‘ड्रोन दृश्य’
काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम धमाधम भइरहेको छ। देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको त्रिवि क्रिकेट मैदानकमा संरचना थपिन लागेका हुन्।
मैदानकमा कंक्रिट प्यारापिट निर्माण गरेर कुर्सी राख्ने काम भइरहेको छ। यस्तै फ्लडलाइट जडानको काम पनि भइरहेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन्।
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको समयमा पनि सम्पन्न नभएपछि ठेकेदार कम्पनीले दैनिक २ लाखभन्दा बढी हर्जाना तिरेर काम गरिरहेका छन्।
पहिलोपटक फागुन २१ देखि काम सुरु भएर वैशाखको २४ गतेभित्र काम सक्ने योजना थियो। तर सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र काम सकाउन निर्देशन दिएका थिए।
तस्बिर : क्यान
















प्रतिक्रिया दिनुहोस !