अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता, कति प्रतिशत भन्सार शुल्क लगाइने छ ?

अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता, कति प्रतिशत भन्सार शुल्क लगाइने छ ?
सुन्नुहोस्

काठमाडौं : अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको छ। दुवै पक्षले सबै युरोपेली संघका उत्पादनमा १५ प्रतिशत अमेरिकी भन्सार लगाउन सहमत भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनबीच स्कटल्याण्डमा भएको भेटवार्तामा यो सम्झौता भएको हो।

ट्रम्पले शुक्रबार ३० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए। यद्यपि दुई साझेदारले यसलाई आधा घटाउने सहमति गरेका छन्।

ट्रम्पले २७ सदस्यीय युरोपेली संघले केही उत्पादनमा शून्य भन्सार शुल्क लगाएर अमेरिकी निर्यातकर्ताका लागि आफ्नो बजार खुला गर्ने बताएका छन्।

युरोपेली संघका अध्यक्षले पनि यो सम्झौताको प्रशंसा गरेकी छन्। उनले यो सम्झौताले दुई सहयोगीबीच स्थिरता ल्याउने बताएकी छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकी व्यापार घाटा कम गर्न प्रमुख अमेरिकी साझेदारविरुद्ध शुल्क लगाएका छन्।

युरोपेली संघ बाहेक उनले बेलायत, जापान, इन्डोनेसिया, फिलिपिन्स र भियतनामसँग पनि व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्। यद्यपि, ट्रम्पले ९० दिनमा ‘९० सम्झौता’ गर्ने आफ्नो लक्ष्य हासिल गर्न सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.