आइसीसी महिला टी-२० विश्वकप छनोटको खेल नेपालमा हुने

आइसीसी महिला टी-२० विश्वकप छनोटको खेल नेपालमा हुने
सुन्नुहोस्

काठमाडौं : आइसीसी महिला टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको खेल नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले विश्वकप छनोटको खेल नेपालमा हुने तय गरेको हो। 

प्रतियोगिता जुन १२ जनवरी २०२६ देखि २ फेब्रुअरी २०२६ सम्म माथिल्लो र तल्लो मुलपानी क्रिकेट स्टेडियममा हुनेछ। पूर्ण खेल तालिका भने घोषणा हुन बाँकी रहेको छ। यस प्रतियोगितामा १० टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। 

ग्लोबल छनोटका शिर्ष ४ टिमले २०२६ मा इङ्ल्यान्ड र वेल्समा हुने विश्वकप खेल्नेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। 

यस प्रतियोगिताका लागि ५ टोलीले स्थान पक्का गरिसकेका छन्। बंगलादेश र आइरल्याण्ड २०२४ विश्वकपमा सहभागी हुने टिमका आधारमा छनोट भएका हुन्। घरेलु टिम नेपाल र थाइल्यान्डले एसिया क्षेत्र छनोट पार गरेर ग्लोबल क्वालिफार्यसमा स्थान बनाएका हुन्। संयुक्त राज्य अमेरिका  क्षेत्रबाट छनोट भएको हो। अब  ५ टिमको टुंगो लाग्न बाँकी रहेको छ। 

दुई–दुई टोलीहरू अफ्रिका र युरोप क्षेत्रको क्वालिफायरबाट, एक टोली पूर्वी एशिया–प्यासिफिक क्षेत्रबाट चयन गरिनेछ। यस प्रतियोगितामा १० टोलीलाई २ समुहमा विभाजन गरेर खेलाइनेछ । शीर्ष छ टोलीहरू सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। अन्त्यमा फाइनल खेल हुँदै विजेता निर्धारण हुनेछ ।

२०२६ मा आयोजना हुने महिला टी-२० विश्वकप मा १२ टोलीहरू सहभागी हुनेछन्।  नेपालले पहिलो पटक ग्लोबल क्वालिफार्यसमा स्थान बनाएको हो। नेपालका घरेलु भूमिमा ग्लोबल क्वालिफार्यस खेल्दै विश्वकप छनोट हुने यो सुनौलो अवसर हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.