अध्यक्ष चयन भएपछि लालवीरले रञ्जितालाई भने- बैठकमा आएर नेता-कार्यकर्तालाई फेस गर्नुस्

अध्यक्ष चयन भएपछि लालवीरले रञ्जितालाई भने- बैठकमा आएर नेता-कार्यकर्तालाई फेस गर्नुस्
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। बिहीबार काठमाडौंमा बसेको भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष चयन गरेको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा एवं प्रतिनिधिसभा सदस्य हुन्। 

अध्यक्ष चयन भएपछि चौधरीले पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने बताए। उनले पार्टीभित्र निकास निकाल्नका लागि आफू गम्भीर रहेको भन्दै आफ्ना कुराहरू पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए।

रञ्जिता श्रेष्ठले डेढ वर्षदेखि पार्टीको बैठकसमेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको उनको भनाइ छ।

'अध्यक्षको जिम्मेवारी पाइसकेपछि कमिटीको सल्लाह, सुझाव र विधि-पद्धति अनुसार नाउपालाई अगाडि बढाउँछु। हामीले उहाँ (रञ्जिता)लाई पार्टीमा आएर आफ्नो कुरा राख्न सुझाव सल्ला दिइरहेका छौं। डेढ वर्ष भयो उहाँले बैठक नबोलाएको। तर, रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने भएकाले विधानसम्मत हामीले भेला गरेका हौं। भेलाबाट निकास दिन खोजेका हौं। उहाँलाई अझै भन्छु, बैठकमा आएर नेता-कार्यकर्तालाई फेस गर्नुस्,' उनले भने।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.