औषधिरहित उपचार पद्धति—फिजियोथेरापी

औषधिरहित उपचार पद्धति—फिजियोथेरापी
सुन्नुहोस्

औषधिरहित (ड्रगलेस) उपचार पद्धति हो, फिजियोथेरापी । विशेषत?   नसा र हाडजोर्नीसम्बन्धी समस्या भोगिरहेकाहरूलाई औषधिको बिना नै गरिने उपचार पद्धतिका रूपमा फिजियोथेरापीलाई लिइन्छ । यसमा शारीरिक अभ्यास र विभिन्न मेसिनको उपयोग गरेर उपचार गरिन्छ । जुनसुकै उमेरका व्यक्तिलाई फिजियोमार्फत नै उपचार गर्दा लाभ मिल्छ । बिरामीको अवस्था हेरेर इलेक्ट्रोथेरापी, एक्सरसाइज थेरापी, रिहाबिटेसनलगायतको माध्यमबाट उपचार गरिन्छ ।
 
अहिले ढाड तथा घुँडा दुख्ने, नसा च्यापिएको, हात खुट्टाका जोर्नीहरूमा दुखाइ तथा घाँटीको नसा च्यापिनेजस्ता समस्या बढ्दै गएका छन् । यी समस्या भोगिरहेका व्यक्तिले फिजियोथेरापी उपचार पद्धतिबाट लाभ लिन सक्छन् । हातखुट्टामा चोट लागेका, पक्षघात ( प्यारालाइसिस) भएका, मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएका व्यक्तिहरूलाई  फिजियोथेरापीबाट फाइदा पुग्छ ।

फिजियोथेरापीको साथसाथै खानपान र जीवनशैलीमा परिवर्तन गर्ने हो भने कतिपय समस्या पूर्णतया निको हुन्छ । फेसियल प्यारालाइसिस होस् कि अन्य प्रकारका समस्या उपचार गरेर धेरै ठीक पारेको अनुभव फिजियोथेरापिस्टसँग छ । मांसपेशीमा ऐंठन (स्पाजम)को समस्या भएकाहरूलाई पनि फिजियोथेरापीकै माध्यमबाट उपचार गर्न सकिन्छ ।

विशेषतः धेरै हिँड्ने, उभिएर घण्टौंसम्म काम गर्ने, अग्लो घरबाट भर्‍याङ चढ्ने—झर्ने, मोबाइल तथा कम्युटरमा घण्टौंसम्म घोत्लिने, लामो समय एउटै पोजिसनका रहेर काम गर्नेहरूलाई प्रायः नसा (न्युरो)सम्बन्धी समस्या देखापर्छ । कम्मर र गर्धन दुखाइको समस्या बढी देखिन्छ । यो समस्या समाधानका लागि जीवनशैली सुधार गर्न आवश्यक छ । 

फिजियोथेरापीमा प्रायः दुई तरिकाले उपचार हुने गर्छ,— एक्सरसाइज थेरापी र इलेक्ट्रोथेरापी । हाम्रो शरीरको घुँडाको जोर्नी, लिगामेन्ट, मस्कुलर, न्युरोलोजिकल दुखाइ हुन्छ । दुखाइमा पनि दुई किसिमको हुन्छ, मेकानिकल पेन र केमिकल पेन । ज्वरो आएर दुखाइ महसुस भएको छ भने त्यो केमिकल पेन हो । नसा च्यापिएर वा ढाड दुखेर महसुस भएको दुखाइ मेकानिकल पेन हो । केमिकल पेनमा फिजियो पद्धतिले काम गर्देन । तर मेकानिकल पेनमा भने फिजियो बढी प्रभावकारी हुन्छ । 

अहिलेको नयाँ पुस्ताको जीवनशैली डिजिटल ग्याजेटसँग जोडिएको हुन्छ । ग्याजेटमा अल्मलिँदा अल्मलिँदै हामीलाई थाहै हुन्न, हाम्रो घाँटी कति तलसम्म झुक्न सक्छ भनेर । अति भएपछि दुखाइको समस्या देखिन्छ । यस्ता समस्याहरू अपरेसनबिना नै फिजियोथेरापीबाट ठीक 
भइरहेका छन् । 

शरीरलाई चलायमान गरिरहनुपर्ने हुन्छ । शरीरको बनावटले गर्दा पनि एकै पोजिसन मा धेरैबेर बस्न सक्दैन । चलिराख्नुपर्ने हुन्छ । हाम्रो शरीरलाई पनि केही न केही ब्रेक चाहिन्छ । एउटा व्यक्तिले एक स्थानमा बसेर काम गर्दा घरीघरी उठ्ने र केही पाइला हिँड्ने गर्नुपर्छ । शरीर तन्काउनुपर्छ । व्यस्त भएको बहानामा आफ्नो शरीरलाई ध्यान दिन पाएका छैनौ । शरीरलाई रिल्याक्स पुगेन र व्यस्त जीवनशैलीले शारीरिक अभ्यास पुगेन भने नसा (न्युरो) हाडजोर्नी (अर्थोपेडिक ) मुटु (कार्डियो र छातीको समस्या हुन्छ ।

हाडजोर्नीको बनावट कमजोर छ वा क्याल्सियम, भिटामीन डी वा पोषणको कमी छ भने जोर्नी दुखाइ सुरु हुन्छ । यदि मांसपेशी लचकदार र स्वस्थ छैन भने मांसपेशी दुख्न सुरु हुन्छ । प्रायः जोर्नी र मांसपेशीको दुखाइ समानान्तर रूपमा आइरहने हुन्छ । फिजियोथेरापीमा प्रयोग हुने उपकरण पनि अत्याधुनिक भइसकेको छ । यसले गर्दा नसा च्यापिने तथा हड्डी खिइने समस्याका लागि फिजियोथेरापी उपयुक्त सावित भएको छ । हाडजोर्नी समस्याबाट मुक्ति पाउन खानपान र जीवनशैली परिवर्तन जरुरी छ । फिजियोमा आइसथेरापी पनि गर्न सकिन्छ । खेल्दाखेल्दै चोट लागेमा तत्काल रिलिफको लागि आइसथेरापी लगाउने प्रचलन छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.