युजवेन्द्र चहलको खुलासा– विराट कोहली बाथरूममा रोइरहेका थिए
काठमाडौं : युजवेन्द्र चहल आजकल चर्चाको विषय बनेका छन्। एक युट्युब च्यानलको पोडकास्टमा दिइएको अन्तर्वार्तामा चहलले धेरै खुलासा गरेका छन्।
अन्तर्वार्तामा चहलले २०१९ को एकदिवसीय विश्वकपको समयमा आफूले विराट कोहलीलाई बाथरूममा रोइरहेको देखेको खुलासा गरेका छन्।
अन्तर्वार्तामा चहलले विराट कोहली र रोहित शर्माको नेतृत्वमा खेल्नेबारे बताए। उनले धनश्रीसँगको सम्बन्ध विच्छेदमा लागेको विश्वासघातको आरोपबारे पनि खुलेर कुरा गरे। चहलले २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा पराजयका क्षण पनि बताए।
चहलले भने, ‘म अन्तिम ब्याट्सम्यान थिएँ, जब म क्रस गर्दै थिएँ, उनको आँखामा आँसु थियो। २०१९ को विश्वकपको समयमा मैले बाथरूममा सबैलाई रोइरहेको देखेँ।’
चहलले आफूले खेलेका कप्तानको कप्तानी शैलीमा पनि उल्लेख गरेका छन्।
२०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !