सभामुखले बोलाए पाँच दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक
काठमाडौं : सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक बोलाएका छन्। सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख दलका सचेतकको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बस्नुअघि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दल रास्वपा र राप्रपाले लामो समयदेखि संसद बैठकमा अवरोध गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !