टेस्ट वरीयतामा सिराजको करियरकै ठुलो छलाङ, ब्याटिङ वरीयतामा जो रुट १ नम्बरमा

टेस्ट वरीयतामा सिराजको करियरकै ठुलो छलाङ, ब्याटिङ वरीयतामा जो रुट १ नम्बरमा
सुन्नुहोस्

काठमाडौं : ओभल टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतका तीव्र गतिका बलर मोहम्मद सिराज र प्रसिद्ध कृष्णले पछिल्लो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टेस्ट वरीयतामा ठुलो प्रगति गरेका छन्। दुबैले पछिल्लो आईसीसी बलिङ वरीयतामा आफ्नो करियरको सबैभन्दा ठुलो उछाल हासिल गरेका छन्।   

खेलमा उत्कृष्ट बलिङका लागि सिराजलाई ‘प्लेयर अफ द म्याच’ चुनिएको थियो। उनी १२ स्थान माथि उक्लिएर १५ औँ स्थानमा पुगेका छन्। उनको अब ६७४ रेटिङ अंक छ। 

यस्तै प्रसिद्ध कृष्णले आठ विकेट लिएर २५ स्थानको ठुलो फड्को मारेका छन्। अब उनी ५९ औँ स्थानमा पुगेका छन्। यी दुवै बलरका लागि टेस्ट वरीयतामा अहिलेसम्मको उच्चतम स्थान हो। जसप्रीत बुमराह अझै पनि नम्बर १ टेस्ट बलर हुन्।  

यस्तै इङ्ग्ल्याण्डका तीव्र गतिका बलर गस एटकिन्सन र जोश टङ्गले पनि ओभल टेस्टमा आठ–आठ विकेट लिएर आफ्नो करियरको उत्कृष्ट वरीयता हासिल गरेका छन्। एटकिन्सन पहिलो पटक शीर्ष १० मा प्रवेश गरेका छन् भने टङ्ग १४ स्थानमाथि उक्लेर ४६ औँ स्थानमा पुगेका छन्।   

ब्याटिङ वरीयता
ओभल शतक प्रहार गर्न सफल यशस्वि जयस्वालले ७९२ रेटिङ अंकका साथ टेस्ट ब्याट्सम्यानको सूचीमा तीन स्थान उकालो लागेर शीर्ष पाँचमा स्थान बनाएका छन्। 

खेलमा शतक प्रहार गर्ने अन्य खेलाडी जो रुट र ह्यारी ब्रुक आईसीसी पुरुष टेस्ट ब्याट्सम्यान वरीयतामा पहिलो दुई स्थानमा दृढ छन्। केन विलियमसन तेस्रो नम्बरमा छन् र स्टिभ स्मिथ चौथो नम्बरमा छन्। 

भारतीय कप्तान शुभमन गिल शीर्ष १० बाट बाहिरिएका छन्। उनी अब १३ औँ नम्बरमा आएका छन्।   

जो रुट आईसीसी वरीयतामा नम्बर १ ब्याट्सम्यान हुन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.