फलामले लागेर क्रेन अपरेटरको मृत्यु
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पाक प्रालिमा काम गर्ने क्रममा फलामले लागेर क्रेन अपरेटरको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादव रहेका छन्।
फलामको झट्का टाउकोमा लाग्दा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !
३