विश्वकै सबैभन्दा रमाइलो फ्रेन्चाइज क्रिकेट लिग कुन ?
काठमाडौं : पुरुष क्रिकेटमा अहिले विश्वभर विभिन्न फ्रेन्चाइज लिग सञ्चालन भइरहेका छन्। तीमध्ये सबैभन्दा चर्चित भारतीय प्रिमियर लिग (आइपीएल) हो।
यसलाई पाकिस्तान सुपर लिग (पीएसएल) अष्ट्रेलियाको बिग ब्यास, क्यारिबियन प्रिमियर लिग, युएईको (आईएलटी–२०) र इङ्ग्ल्याण्डको द हन्ड्रेडले पछ्याएका छन्।
बीबीसी खेलकुद र क्रिकभिजको सहकार्यमा तयार पारिएको एक विश्लेषण अनुसार, यी लिगहरूको तुलनामा आईपीएल सबैभन्दा मनोरञ्जनात्मक रहेको छ।
विश्लेषणमा ६ वटा मुख्य मापदण्ड (सिक्सरफोरको औसत, ब्याटिङ स्ट्राइकरेट, अन्तिम बलसम्म पुगेका खेल, अन्तर्राष्ट्रिय खेलाडीको संख्या आदि) प्रयोग गरिएको छ।
त्यसपछिका स्थानमा पीएसएल र आईएलटी–२० रहेका छन्। छोटो ढाँचाको नयाँ लिग ‘द हन्ड्रेड’ चौथो स्थानमा परेको छ। लामो समयदेखि लोकप्रिय बिग ब्यास लिग पछाडि परेको छ।
विश्लेषणले विश्वकै उत्कृष्ट लिग बन्न दर्शकलाई मनोरञ्जन दिन सक्ने क्षमता, उच्चस्तरीय खेलाडी र प्रतिस्पर्धात्मक खेल अत्यावश्यक रहेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस !