कुशलको अर्धशतकका बाबजुद पनि नेपालको हार

कुशलको अर्धशतकका बाबजुद पनि नेपालको हार

काठमाडौं : टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। 

डार्विनको मरारा क्रिकेट मैदान २ मा भएको खेलमा नेपालले बंगलादेश एसँग ३२ रनले पराजित भएको हो। नेपालका मिडलअर्डर ब्याटर कुशल मल्लको अर्धशतकीय पारीले पनि नेपाललाई हारबाट बचाउन सकेन । 

बंगलादेश एले दिएको १८७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो ।

नेपालका लागि कुशल मल्लले ४७ बलमा सर्वाधिक ५९ रन बनाउँदै अविजित रहे। नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा १२ रन बनाउँदै पेभेलियन फर्किए। उनी हसन महमुदको बलमा क्याच आउट भए। 

दोस्रो विकेट तेस्रो क्रममा आएका लोकेश बमको गयो। उनी ५.५ ओभरमा रकिबुल हसनको बलमा क्याच भए। ८.२ ओभरमा रोहित १० रन बनाउँदै रिपोन मण्डोलको बलमा क्याच भए। 

१०.६ ओभरमा ओपनर ब्याटर आसिफ शेखको विकेट गयो। उनले २३ बलमा २८ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए। १२.४ र १२.५ मा लगातार नेपालको २ विकेट पतन भयो। दीपेन्द्र सिंह ऐरी र गुल्सन झा रकिबुल हसनको हातबाट एलबीडब्ल्यू भए। 

१५.२ ओभरमा नेपालले ६ विकेट गुमाउँदै १०० रन पूरा गर्‍यो। १६.२ ओभरमा नेपालले सातौँ विकेटको रूपमा करण केसीलाई गुमायो। उनले ७ बलमा ६ रन बनाउँदै क्याच भए।  

नन्दन यादव ९ बलमा १४ रन बनाउँदै अविजित रहे।  नन्दन र कुशल मल्लले आठौँ विकेटका लागि ४७ रनको अविजित साझेदारी गर्दा पनि जितको लागि भने पर्याप्त भएन। 

बंगलादेश ए को लागि बलिङ तर्फ रकिबुल हसनले सर्वाधिक ३ विकेट लिए। हसन महमुदले २ रिपोन मण्डल, टोफेल अहमदले १–१ विकेट लिए। 

त्यसअघि, टस जितेर ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। बंगलादेश एको लागि ओपनर ब्याटर जिसन आलमले ४५ बल खेल्दै सर्वाधिक ७१ रन बनाए।

६.३ ओभरमा ओपनर नैम शेख २५ रन बनाउँदै सन्दीप लामिछानेको बलमा रोहित पौडेलको हातमा क्याच भए। ११.३ ओभरमा १ विकेट गुमाउँदै बंगलादेश ए ले १०० रन पूरा गरेको थियो। 

सैफ हसन १६ रन बनाउँदै रन आउट भए। नुरुल हसन सोहन ५ रनमा करण केसीको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। माहिदुल इस्लाम आकोन ७ रन बनाउँदै रिजन ढकालको बलमा गुल्सन झाको हातमा क्याच भए। 

अफिफ होसिन ४८ रनमा अविजित र मृत्यून्जय चौधरी शून्यमा अविजित रहे। नेपालका लागि रिजन ढकालले सर्वाधिक २ विकेट लिए। सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान १–१ विकेट लिए। 

नेपालले पहिलो खेलमा नर्थन टेरिटोरि स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। नेपालले तेस्रो खेल सोमबार मेलबोर्न स्टार्ससँग साँझ ७ः१५ मा खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.