टप एण्ड टी–२० शृङ्खला : पाकिस्तान शाहीन्सविरुद्ध नेपालले सुरुमा बलिङ गर्ने
काठमाडौं : टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपालले पाकिस्तान शाहीन्सविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ। अष्ट्रेलियाको नर्दन टेरिटोरीमा पाकिस्तान शाहीन्सले टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएको हो।
यसअघि नेपाल तीन खेलमा पराजित भएको थियो भने दुई खेलमा जित निकालेको थियो। शृङ्खलामा सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ।
नेपाली टिममा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, लोकेश बम, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन्।
प्रतिक्रिया दिनुहोस !