विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुँदैन : प्रदीप ज्ञवाली

विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुँदैन : प्रदीप ज्ञवाली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका छन्।

शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकाले अब भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको बताएका हुन्। उनले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 

संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनीत जुनसुकै पदमा भएपनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने कुरा उल्लेख भएको भन्दै ज्ञवालीले भण्डारीको पार्टी सदस्यता पनि सोही बेला नै निष्क्रिय भएको बताए।

ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेलामा बोल्ड लिडर आवश्यक पर्ने र त्यो केपी शर्मा ओली नै भएको दाबी गरे। उनले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने बताए। ज्ञवालीका अनुसार आगामी असोज २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २ हजार ३ सय ५० जना सहभागी हुनेछन्। यदि विधान महाधिवेशनमा कुनै कुरा टुङ्गोमा पुर्‍याउन मतदान गर्नुपर्ने स्थिति आएमा दशौँ महाधिवेशनमा भाग लिएका २ हजार ३३ जनाले मतदान गर्ने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.