रुपन्देहीमा लागुऔषधसहित ३ जना पक्राउ, १० लाख बरामद

रुपन्देहीमा लागुऔषधसहित ३ जना पक्राउ, १० लाख बरामद
सुन्नुहोस्

भैरहवा : रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले जनाएको छ।

रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका अन्सारीको साथबाट १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर, यादवको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर, प्रवेजको साथबाट डाइजेपाम ९८ एम्पुल, ब्रुप्रेनोरफिन ९६ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड ९९ एम्पुल, स्पास्मो २६० थान र १० लाख २० हजार रुपैयाँ बरामद भएको छ।  साथै, उनीहरूले प्रयोग तीन थान मोबाइल, दुई वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

तीनै जनालाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको एसपी क्षेत्रीले बताए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.