डडेलधुरामा जेनजी आन्दोलनमा तीन करोड रुपैयाँ बढीको क्षति

डडेलधुरामा जेनजी आन्दोलनमा तीन करोड रुपैयाँ बढीको क्षति
सुन्नुहोस्

डडेलधुरा: जेनजी आन्दोलनले डडेलधुरा ठूलो क्षति भएको छ। २४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्लामा तीन करोड बढीको धनजनको क्षति भएको हो। 

जिल्लाका सरकारी, गैर सरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्रीको घरमा गरिएको आगलागी, तोडफोडबाट करिब तीन करोड मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचन कार्यालय लगायतका सरकारी कार्यालयहरू, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) गैर सरकारी संस्था, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, विपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजनी र तोडफोड गर्दा उक्त मूल्य बराबरको क्षति भएको हो।

सबैभन्दा बढी क्षति गैर सरकारी संस्था रुडुकमा भएको छ। रुडुकका दुईवटा भवन र सबै सामग्रीहरू आगजनीबाट ध्वस्त भएका छन्। रुडुकमा करिब ४० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ। सरकारी कार्यालयहरू मध्ये मालपोत कार्यालयको करिब ३० लाख क्षति भएको छ। 

त्यसैगरी नेपाली कांग्रेस , नेकपा एमाले , अमरगढी नगरपालिका र बहुउद्देश्यीय विकास समाज लगायतका कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ। जेनजी आन्दोलनका कारण बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आएका छन्। अन्य सरकारी र गैरसरकारी कार्यालय पनि सुचारु भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.