फगत एकथान सरकार बनाउनुभन्दा भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्छ : राजेन्द्र लिङ्देन

फगत एकथान सरकार बनाउनुभन्दा भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्छ : राजेन्द्र लिङ्देन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो।

जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। त्यस्तै असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने धारणा रहेको उनले बताए।

उनले देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी आवश्यक रहेको बताए।

जेनजी विद्रोहका दमनकारीहरूलाई तत्काल कारबाही गर्नुपर्ने, पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्था, स्थानीय तह गैरदलीय हुनुपर्ने व्यवस्था पक्षमा राप्रपा रहको अध्यक्ष लिङ्देनले बताए। 

त्यस्तै बैठकले २०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको समेत सम्पत्ति छानबिनको माग गरेको छ भने प्रदेश संरचनाको अबिलम्ब खारेजी, प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था, अविभावकीय संस्थाका रुपमा राजसंस्था कायम हुनुपर्ने, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र कायम हुनुपर्ने लगायतका माग अघि सारेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.