नेपाल र वेष्टइन्डिजबीचको खेल राति
काठमाडौं : नेपाल र वेष्ट इन्डिजबीच हुने ३ खेल सम्मेलित युनिटी कप राति हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र वेष्टइन्डिजबीचको खेल नेपाली समयानुसार सवा ८ बजेदेखि सुरु हुने जानकारी दिएको हो। यूएईको समय अनुसार ६:३० मा सुरु हुनेछ।
नेपाल र वेष्टइन्डिजसँगको पहिलो खेल असोज ११ गते शनिबार हुनेछ। दोस्रो खेल असोज १३ गते र तेस्रो खेल असोज १४ गते हुनेछ।
नेपाली टोलीः
रोहित पौडेल(कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख( विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, सन्दीप लामिछाने, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित नारायण राजवंशी, सोमपाल कामी र साहब आलम
प्रतिक्रिया दिनुहोस !