धुलो सफा गरेर सुरु भयो मधेश प्रदेशसभा, जनमत प्रतिपक्षमा बस्यो
जनकपुरधाम : जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भवनको धुलो टकटक्याउँदै मधेश प्रदेशसभा आजदेखि सुरु भएको छ। क्षतिग्रस्त संरचनाको धुलो हटाउँदै, मर्मत सम्भार गरेर मधेश प्रदेशसभा आजदेखि सुरु भएको हो।
आगजनीले क्षतिग्रस्त भवनको मर्मत सम्भार गरेर मधेश प्रदेश सभाको बैठक सुरु गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
बैठकमा जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँगै जनमतका प्रदेशसभा सदस्यहरू पनि प्रतिपक्षतर्फ बसेका छन्। तर मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार छ। जनमतका सतिषकुमार सिंह मुख्यमन्त्री छन्। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री सिंह विश्वास मत लिने अडानमा छन्।
प्रतिक्रिया दिनुहोस !