खोलाले बगाउँदा वृद्धको मृत्यु
नुवाकोट : तादी खोलाले बगाउँदा वृद्धको मृत्यु भएको छ। वृद्धको शव खोलाले बगाएको स्थान भन्दा दुई किलोमिटर तल शव फेला परेको हो।
लिखु गाउँपालिका–४ गड्खारका ६५ वर्षीय पूर्णबहादुर राईको घर नजिकैको तादी खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। आफ्नै खेतको धान काटेर घर फर्कने क्रममा बीचमा रहेको तादी खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
तादी खोलाले बगाएका वृद्ध राईको खोजतलासका क्रममा बगाएको स्थानबाट २ किलोमिटर तल दक्षिणमा शव फेला परेको डीएसपी लामाले बताए। मंगलबार नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोस्टमार्टम गरी परिवारले अन्तिम संस्कार गरेका छन्।
प्रतिक्रिया दिनुहोस !