जेनजी आन्दोलनमा फरार कैदी पक्राउ
बुटवल : जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका एक कैदीबन्दीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा कैदमा रहेका गैडहवा गाउँपालिका-६ रुपन्देही निवासी ६५ वर्षीय पुणतबासी लोनियालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटेको प्रहरी टोलीले गैडहवा गाउँपालिका-६ गुलरियाबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ।
प्रतिक्रिया दिनुहोस !