भैरहवा विमानस्थलबाट थाई एयर एसियाले फेरि थाल्यो उडान

भैरहवा विमानस्थलबाट थाई एयर एसियाले फेरि थाल्यो उडान

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एसियाले पुनः व्यावसायिक उडान थालेको छ।

२०८१ कात्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थगित गरेको थियो।

कम्पनीले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘विन्टर सेड्युल’सहित पेश गरेको निवेदन केही महिनाअघि नै स्वीकृत भएसँगै आइतबारबाट उडान सेवा सुरु भएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार थाई एयर एसियाले हप्ताको दुई दिन आइतबार र बुधबार बैंक–भैरहवा–बैंकक सिधा उडान सेवा थालेको छ ।

उनले आइतबार दिउँसो १२:१५ बजे १७ यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट १६७ जना यात्रु लिएर १:१५ बजे बैंकक प्रस्थान गरेको जानकारी दिए।

नेपाल एयरलाइन्सले समेत यस विमानस्थललाई छाडेर काठमाडौं केन्द्रित मात्र सेवा प्रदान गर्दा सरकारको आलोचना हुँदै आएको छ। विगतमा भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सका साथै कतार एयरवेज, फ्लाई दुबई र जजिरा एयरवेजले उडान भर्दै आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.