महिला एकदिवसीय विश्वकपमा अब १० टोली हुने

महिला एकदिवसीय विश्वकपमा अब १० टोली हुने

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठकले खेललाई विश्वव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको छ। यस्तै आईसीसी बैठकले महिला क्रिकेटलाई सुदृढ गर्न केही महत्त्वपूर्ण निर्णय पनि गरेको छ। 

आईसीसीको बैठक मुख्यतया महिला क्रिकेटको विकासमा केन्द्रित भएको छ। भारत र श्रीलंकामा खेलिएकाे २०२५ को विश्वकपसँगै महिला क्रिकेटले नयाँ उचाइमा पुगेको आईसीसीको विश्वास छ।  

आईसीसीले महिला विश्वकप २०२९ लाई आठको सट्टा १० टोलीमा विस्तार गर्ने निर्णय गरेको छ। हालैको विश्वकपमा केवल आठ टोलीले भाग लिएका थिए।  

आईसीसीको विज्ञप्तिमा भनिएको छ,ʻआईसीसी बोर्ड महिला विश्वकपको सफलतालाई निरन्तरता दिन उत्सुक छ। प्रतियोगिताको अर्को संस्करणलाई १० टोलीमा विस्तार गर्ने सहमति भएको छ।ʼ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.