ओलम्पिकमा पुरुष र महिला क्रिकेट खेलाउने आईसीसीको निर्णय
कात्तिक २२, २०८२ शनिबार १४:५८:२९
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठकले लस एन्जलस ओलम्पिक २०२८ मा पुरुष र महिला दुवै क्रिकेट खेल खेलाउने निर्णय गरेको छ।
आईसीसी बैठकले दुवैमा ६–६ टोली समावेश गर्ने निर्णय गरेको हो।
यस्तै आईसीसीले दुवै वर्गमा कुल २८ खेल खेलाइने निर्णय गरेको छ। सबै खेल टी–२ ढाँचामा हुनेछन्।