काल्चेमा स्वास्थ्य भवन निर्माण
नुवाकोट : गाउँवासीको सुविधाका लागि नुवाकोटको काल्चेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। तादी गाउँपालिकाको दुर्गम स्थानका रूपमा रहेको तादी गाउँपालिका-१ काल्चेमा भूकम्प प्रतिरोधी चार कोठे पक्की आधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको हो। उक्त भवनको कार्यक्रमका बीच उद्घाटनसहित हस्तान्तरण गरिएको छ।
नवनिर्मित स्वास्थ्यचौकी भवनको बागमती प्रदेश सभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङले उद्घाटन गरिन्। उनले नवनिर्मित स्वास्थ्यचौकी भवनबाट गाउँका बिरामीहरूले स्वास्थ्य सेवा पाउने र यसको भरपुर सदुपयोग गर्न आग्रह गरिन्।
उनले स्वास्थ्य सेवा मानवको प्रमुख अधिकार भएको कारण यसबाट बिरामीहरूलाई सफल उपचार सेवा दिन कर्मचारीहरूलाई आग्रह गरिन्।
भवन उद्घाटनसँगै तादी गापालाई भवन निर्माणमा सहयोगी संस्था नेपाल ग्रिनतारा फाउन्डेसनका संस्थापक अध्यक्ष टासितेन्जिङ शेर्पा र अध्यक्ष बन्दीनिमा शेर्पा लगायतले हस्तान्तरण गरे। सो भवन कुल ७५ लाख रुपैयाँको लागतमा निर्माण भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !