पथलैया-निजगढ सडकखण्डमा हात्तीको आक्रमणबाट एकको मृत्यु

पथलैया-निजगढ सडकखण्डमा हात्तीको आक्रमणबाट एकको मृत्यु
सांकेतिक तस्बिर।

सिमरा: पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । १२ किलो भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा ट्रकको सहचालकको मृत्यु भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली पुगेको छ ।

उक्त क्षेत्रमा आइतबार रातीदेखि हात्तीले आतंक मच्चाइरहेको थियो । राजमार्गमा हात्ती देखिएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोलीले मध्यरातमा हात्ती भगाएपनि बिहानको समयमा पुनः राजमार्गमा निस्किएको हात्तीले सहचालकलाई आक्रमण गरेको हो ।

हात्तीका कारण उक्त सडकखण्ड अहिले प्रभावित छ । हात्तीले आइतबार साँझ बाराको पथलैयामा राजमार्ग अवरुद्ध पारेको थियो । बस्तीको बीचमा हात्ती देखिएपछि स्थानीय समेत आतंकित भएका थिए । प्रहरी र स्थानीयले पट्का पड्काउँदै हात्ती भगाएका थिए ।

डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले हात्तीलाई नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली हिँडेको जानकारी दिए । उनले हात्तीबाट थप क्षति हुन नदिन समन्वय भइरहेको बताए । थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.