‘जनयुद्धका शहीद’ को सालिक निर्माण

‘जनयुद्धका शहीद’ को सालिक निर्माण

नुवाकोट : सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका नुवाकोटको एक व्यक्तिको जन्मस्थानमा सालिक निर्माण गरिएको छ।

विदुर नगरपालिका-११ गेर्खुमा ‘जनयुद्धका शहीद’ जङ्गबहादुर प्याकुरेलको २३ औं स्मृतिमा उनको जन्मस्थानमा अर्धकदको सालिक निर्माण गरिएको हो। नवनिर्मित उक्त सालिकको बाग्मती प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गानाले अनावरण गरे। 

उनले देशमा संविधान, परिवर्तन र गणतन्त्रका लागि प्याकुरेलले योगदान दिएको र सधैं अमर रहिरहेको स्मरण गरे। जनयुद्धमा होमिएका प्याकुरेलले २०५९ कात्तिक २३ गते धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेमा सहादत प्राप्त गरेका थिए।

विदुर नपाको कुल पाँच लाख रुपैयाँको लागतमा सालिकसहितको संरचना निर्माण गरिएको हो। २०३३ साउन ३ गते जन्मिएका प्याकुरेलले २६ वर्षको उमेरमा सहादत प्राप्त गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.