दुईसय घरधुरीलाई खानेपानी योजना

दुईसय घरधुरीलाई खानेपानी योजना

नुवाकोट : वर्षौंदेखिको खानेपानीको समस्याको समाधानका लागि नुवाकोटको जिलिङमा खानेपानीको वृहत् योजना सञ्चालन गरिएको छ। 

दुई सय घरधुरीका लागि बेलकोटगढी नगरपालिका-८ जिलिङमा पहिलो चरणमा पाँचवटा खानेपानी ट्यांकी र त्यसका संरचनाहरू निर्माण भइरहेका छन्। संघीय खानेपानी मन्त्रालयबाट उक्त योजना सञ्चालन भएको वडाध्यक्ष सुरेशलाल चित्रकारले बताए। 

उनका अनुसार हालसम्म पहिलो चरणमा विभिन्न गाउँमा पाँचवटा ट्यांकी निर्माण सम्पन्न भएको र पाइपसमेत खानेपानी कार्यालयले पठाइसकेको छ। कुल एक करोड रुपैयाँको लागतमा उक्त योजना सञ्चालन भएको वडाध्यक्ष चित्रकारले बताए। 

उनका अनुसार अझै तीनवटा  खानेपानी ट्यांकी निर्माणका क्रममा रहेको छ। हालसम्म पहिलो चरणमा ठूलो खोलामा २० हजार लिटर क्षमता, पाचखलेमा २० हजार लिटर क्षमता, नयाँ बस्ती ज्यामिरेमा २० हजार लिटर क्षमता, द्वारेथोकमा २० हजार क्षमता र  चिसापानीमा १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको छ। 

दोस्रो चरणमा अझै केही टोलहरूमा खानेपानी ट्यांकी निर्माण गरिने र ट्यांकी निर्माण सम्पन्न भएको ती टोलहरूमा पाइप लाइन विस्तारको काम अगाडि बढाइएको छ। यसबाट दुई सय घरधुरीका हजारौं गाउँवासीलाई पिउनेपानीको सुविधा पुर्‍याउने लक्ष्य रहेको बेलकोटगढी नगरपालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.