ज्योति विकास बैंकको मोबाइल बैकिङ एपबाट हवाई टिकट खरिदमा क्यासब्याक

ज्योति विकास बैंकको मोबाइल बैकिङ एपबाट हवाई टिकट खरिदमा क्यासब्याक

ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाइल बैकिङ एप, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ। 

यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एप बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। यस योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा रु. ५०० को सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ। ज्योति स्मार्ट एप बाट हवाई टिकट खरिद गर्दा अफर बक्समा "FLY500" प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुनेछ। साथै, पहिलो ३०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।       

सिमित अवधिका लागि लागू हुने यो विशेष अभियान यही मंसिर ३ गतेदेखि प्रभावकारी रूपमा सुरु भएको छ। अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।

बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्नका लागि डिजिटल बैकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था INTERCERT ले प्रदान गरेको यो प्रमाणपत्रले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो। 

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। 

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६६ वटा न्यानो नानी मार्फत हरेक वर्ष  २४४२ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। 

यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै हालसम्म रु. ४ अर्ब ६१ करोड र गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्याएको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.