पावरप्लेमा काठमान्डुविरुद्ध विराटनगरको राम्रो सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको आठौं खेलमा विराटनगर किंग्सले पावरप्लेमा ६७ रन बनाएको छ।
त्रिवि क्रिकेट स्टेडियममा काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेमा १ विकेट गुमाउँदै ६७ रन बनाएको हो।
विराटनगरको पहिलो विकेटको रूपमा लोकेश बमको विकेट गयो। लोकेशले १० बलमा २ छक्कासहित १४ रन बनाएर क्याच भए।
६ ओभरको खेल सकिँदा जर्ज मुन्से ३२ र मार्टिन गप्टिल २०रनमा अविजित क्रिजमा खेलिरहेका छन्।
विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।
काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।
आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको हो।
प्रतिक्रिया दिनुहोस !