दुई सय विद्यार्थीको आँखा परीक्षण
नुवाकोट : नुवाकोटको शिवपुरीको एक विद्यालयमा विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ। विद्यार्थीहरूले आँखाको स्याहार गर्नुपर्ने पर्ने विषयमा जानकारी हासिल गरेका छन्।
शिवपुरी गाउँपालिका-३ मा रहेको महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण शिविर गरिएको हो। शिवपुरी गापा ग्रामीण आँखा केन्द्रको आयोजनामा सञ्चालित शिविरमा दृष्टि परीक्षण, चस्मा जाँच तथा परामर्शसहितको विद्यार्थी आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा दुई सय जना विद्यार्थीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। जसमध्ये १८ जनामा दृष्टिदोष देखिएको र उनीहरूलाई निःशुल्क चस्मा सिफारिस गरिएको ग्रामीण आँखा केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !