मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु
सुन्नुहोस्

नुवाकोट : गल्छी–देवीघाट–ढुंगे सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। वीरगन्ज–गल्छी–देवीघाट–ढुंगे–रसुवागढी सडकमार्गको बीचमा रहेको नुवाकोटको देवीघाट-बट्टार सडकखण्डमा मंगलबार बेलुकी गल्छीबाट बट्टारतर्फ जाँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले विदुर नगरपालिका-५  पीपलटारमा ठक्कर दिँदा सोही स्थानका ८० वर्षीय लीलानाथ कोइरालाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

वृद्धको स्थानीयवासीले उद्धार गरी त्रिशूली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक लमजुङको सुन्दरबजार नगरपालिका-५ का २६ वर्षीय जीवन तामाङ र पछाडि बसेका सोही स्थानका ३१ वर्षीय विष्णु थापा घाइते भएका छन्। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताए। 

घटनालगत्तै स्थानीयवासी आक्रोशित भएका छन्। मोटरसाइकल चालक र पछाडि सवार दुवै जना नेपाली सेना भएको प्रहरीले जनाएको छ भने दुवै जना नुवाकोटको बट्टारको शेर गणमा नायक पदमा कार्यरत रहेको प्रहरी निरीक्षक हरिवोल केसीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.