ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

सिमराः बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित बजनीमा आइतबार बिहान ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ की २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेकी छिन्।

घटनामा अन्य दुई जना घाइते भएका छन्। सिमराबाट जितपुरतर्फ जाँदै ना३त १०९८ नम्बरको ट्याक्टरले सोही दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–०३२प९५९० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट गुडिरहेको साइकलमा ठोकिन पुगेको थियो। घटनामा मोटरसाइकल चालक ज्योतिसहित पछाडी सवार जितपुरसिमरा-७ की आस्था गुप्ता र साइकल चालक जितपुरसिमरा २ का ४२ वर्षीय कृष्ण मगर घाइते भएका छन्।

घाइतेमध्ये ज्योतीको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो। अन्य घाइतेको उपचार भइरहेको बाराका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.