डडेलधुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन

डडेलधुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन

डडेलधुरा : डडेलधुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरिएको छ। बिरामीको चाप र अस्पतालबाट दिइने सुविधा थप र व्यवस्थित गर्नका लागि बिहान र बेलुकाको समयमा पनि ओपीडी सेवा सुचारु गरिएको हो।

यसअघि एकै सिफ्टमा ओपीडी सेवा सञ्चालन हुँदा बिरामीलाई पालो कुर्न, टिकट काट्न र उपचार सेवा पाउन समस्या हुने गरेको थियो। दिउँसो २ बजेपछि ओपीडी सेवा बन्द गरिँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीहरूले इमर्जेन्सी टिकट काट्नु पर्ने वा अर्को दिन अस्पताल धाउनु पर्ने बाध्यता थियो।

पहिलो पटक अस्पतालले दरबन्दी अनुसार ११औं तह मेडिकल सुपेरिटेन्डेन्ट हाकिमको रुपमा पाएपछि बिरामीको मार्का र समयलाई हेरी दोहोरो सुविधामा ओपीडी सेवा प्रदान गरिएको हो। संघीय सरकारको मातहतमा रहेको डडेलधुरा अस्पतालमा दिउँसो २ बजेपछि ओपीडी सेवा बन्द  हुने गर्थ्यो। हाल आएर दुई सिफ्टमा ओपीडी सेवा सञ्चालनमा आएसँगै बिरामीलाई इमर्जेन्सी टिकट काट्नु पर्ने वाध्यताको अन्त्य भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुधा देवकोटाले जानकारी दिइन्। उनले भनिन, ‘अब हरेक समयमा बिरामीको उपचार ओपीडीबाट सहज रूपमा हुन्छ। 

मेसु डा. देवकोटाले भनिन्, ‘२ बजेपछि अस्पताल पुग्ने बिरामीहरूले टिकट नै नपाउने अवस्था थियो। ओपीडीमा बस्ने डाक्टरसाप वा मेडिकल अधिकृतले म हेर्दिन भनेपछि टिकट नै नपाउने र अन्यत्र जानु पर्ने बाध्यता थियो। सो कुरा लाई हटाउनका लागि र जुनसुकै समयमा पनि बिरामी उपचार गर्न आउँदा कार्यालय समयमा उपचार पाउनु पर्ने व्यवस्था मिलाउन दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरी उपचारसेवा विस्तार गरिएको हो।’

उनका अनुसार हाल ओपीडी सेवा पहिलो सिफ्टमा दिउँसो १२:३० बजेसम्म र दोस्रो सिफ्ट १:३० बजेदेखि हुने गरेको छ। बीचमा चिकित्सकलाई एक घण्टा खाजाको समय दिई चिसोयाममा डेढ घण्टा र गर्मीयाममा दुई घण्टासम्म दोस्रो सिफ्टको ओपीडी सञ्चालन भइरहेको जनाइन्।

दिउँसोपछि अस्पताल टाढाका बिरामीहरूले पनि सरल उपचार सेवा पाइरहेका छन्। इमर्जेन्सीमा एक सय रुपैयाँको टिकट काट्नुपर्ने झन्झट पनि हटेको बताइन्। डडेलधुरा अस्पताल सुदूरपश्चिम प्रदेशको एक मात्रै संघीय सरकार मातहत रहेको विशेष विशेषज्ञ चिकित्सक सेवासहितको अस्पताल हो। 

तर दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सहज उपचार पाउन नसकेको गुनासा छन्। मेसुका अनुसार हाल अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् भने २५ जना मेडिकल अधिकृत कार्यरत रहेका छन्। मुख्य समस्याका रूपमा यहाँ पुग्ने बिरामी बालबालिका रहेका छन्। चाँडै बालरोग विशेषज्ञ चिकित्सक पाउने  अस्पतालले पाउने मेसु डा. देवकोटाले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.