भालुको आक्रमणबाट युवक घाइते
नुवाकोट : नुवाकोटको उत्तरी भेगमा रहेको बरादीमा भालुको आक्रमणबाट स्थानीय युवक घाइते भएका छन्।
सूर्यगढी गाउँपालिका–१ बरादीका ४२ वर्षीय लावाङ तामाङ भालुको आक्रमणमा परेर गम्भीर घाइते भएका हुन्। घर नजिकै काम गर्दै गर्दा अचानक उनलाई भालुले आक्रमण गरेको वडाध्यक्ष राजकुमार तामाङले बताए।
उनका अनुसार भालुको आक्रमणपछि गम्भीर घाइते भएका लावाङ तामाङको शरीरमा गम्भीर चोट लागेको छ। घाइतेको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष तामाङले बताए।
प्रतिक्रिया दिनुहोस !