‘दिसोम सोहराई’ चाडको यकिन मितिको खोजीमा सन्थाल समुदायका अगुवा झारखण्ड प्रस्थान

‘दिसोम सोहराई’ चाडको यकिन मितिको खोजीमा सन्थाल समुदायका अगुवा झारखण्ड प्रस्थान

झापा : यहाँका सन्थाल समुदायको ‘दिसोम सोहराई’ चाड मनाउने यकिन मितिको खोजीमा झापाका टोली भारतको झारखण्ड प्रस्थान गरेका छन्। सन्थाल समुदायको धर्म, संस्कृति तथा परम्परा संरक्षणको निम्ति भद्रपुर ३ नम्बर वडा कार्यालयको अगुवाइमा ११ सदस्य टोली चार दिने भ्रमणका लागि भारत झारखण्ड राज्यस्थित दुम्का प्रस्थान गरेका हुन्। वडाध्यक्ष हेमकुमार कार्कीको नेतृत्वमा सन्थाल समुदायका माझीहडाम (मुखिया) हरुलाई सोमबार बिहान भद्रपुरस्थित मेची पुलबाट बिदाइ गरिएको छ। 

भारतको झारखण्ड आदिवासी सन्थाल समुदायको उद्यम स्थल मानिन्छ। झारखण्डको दुम्कामा सन्थाल समुदायको भाषा, संस्कृति, चाडपर्व र इतिहास कस्तो रहेको छ। त्यसैको अवलोकनका लागि सन्थाल समुदायका अगुवाहरूलाई लिएर भ्रमणमा निस्किएको वडाध्यक्ष कार्कीले बताए। साथै उनीहरूको मुख्य चाड ‘दिसोम सोहराई’ कुन तिथि मितिमा मनाउनु पर्ने हो नेपालमा त्यसको यकिन दिन तोकिएको छैन। ‘झापाका पालिकाहरूले पनि ‘दिसोम सोहराई’ चाड मनाउन फरक फरक मिति पारेर स्थानीय बिदा दिइरहेको अवस्था छ,’ वडाध्यक्ष कार्कीले भने, ‘वास्तवमा यो चाड किन, कहिले र कुन दिन मनाउनुपर्ने हो त्यसैको खोजीमा झारखण्डको दुम्का जान लागेको हो।’ 

त्यहाँका अगुवाहरूसँग भेटघाट तथा छलफल गरी यो चाड किन र कुन दिन मनाउनु पर्ने हो त्यसबारेमा खोजी गरी स्थानीय पालिकाहरूलाई ज्ञापनपत्र समेत बुझाउने उनको भनाई छ। यो भ्रमण राज्यको खर्च भन्दा पनि आफ्नो तलब भत्ताबाट गर्न लागेको उनले बताए। भद्रपुर– ३ स्थित हात्तीमारा भन्ने स्थानमा यसबर्ष ‘दिसोम सोहराई’ पर्व भव्य रुपमा मनाउने पनि तयारी गरिएको उनको भनाई छ। 

‘सोहराई’ सन्थाल भाषामा गाई–भैँसी, गोरुजस्ता पशुधनको पूजा तथा सम्मान गर्ने चाड हो। ‘दिसोम’ भन्नाले सन्थाल समुदायको देश/भूमि/सम्पूर्ण समाज भन्ने अर्थ दिन्छ।त्यसैले ‘दिसोम सोहराई’ भनेको सम्पूर्ण सन्थाल समाजले सामूहिक रूपमा मनाउने पर्व हो। प्रायः यो चाड धानबाली भित्र्याएपछि (कार्तिक–मंसिरतिर) मनाइन्छ। हिन्दू चन्द्रक्यालेण्डर अनुसार सोहराई चाड कार्तिक औँसी अमावस्या (अक्टोबर–नोभेम्बर) मा पर्छ। सन्थाल परगना (झारखण्ड) शैली अनुसार सोहराई चाड जनवरी महिनामा सामूहिक रूपमा मनाउने प्रचलन रहेको छ। विशेष गरी पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सन्थाल समुदायको बसोबास रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.